दफा ५
सञ्चालकको निमित्त अयोग्यता
देहायमा लेखिएको कुनै व्यक्ति कुनै संस्थानको सञ्चालक हुन अयोग्य हुनेछ :-
(क) एक्काईस वर्षको उमेर नपुगेको व्यक्ति,
(ख) बौलाहा
(ग) कुनै प्रकारको चोरी वा ठगी गरृेको वा घूस लिए खाएको वा आफ्ना जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको व्यक्ति,
(घ) ऋण तिर्न नसकी साहूलाई दामासाही गराएको वा साहूको दामासाहीमा परेको व्यक्ति,
(ङ) संस्थानसंगको कुनै ठेक्का पट्टा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएका व्यक्ति ।